सुनसरी एमालेमा भाँडभैलो भएको छ । सदरमुकाम इनरुवामा बुधबार बोलाइएको जिल्ला कमिटी बैठकमा साविक अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले अध्यक्ष बनाएका रेवतीरमण भण्डारी समूहबीच विवाद बढेपछि माइक खोसाखोस नै भएको हो । २ जेठ २०७५ मा फर्किने कि नफर्कने भन्ने विषयलाई लिएर विवाद भएपछि जिल्ला कमिटीका ३२ जना नेताले छुट्टै बैठक गरेका छन् ।

दुई जनाले अध्यक्ष दावी गर्दै आएको एमाले सुनसरीको विवाद साम्य पार्न केन्द्रकै निर्देशनमा दुवै पक्षलाई समावेशन गरेर आयोजना गरिएको वैठक अवैधानिक भएको भन्दै पुर्व अध्यक्ष द्धारिकलाल चौधरीले आपत्ती जनाएका थिए ।

सदरमुकाम इनरुवाको एक पाटी प्यालेसमा विवाद साम्य भएको सार्वजनिक गर्ने गरी केन्द्रकै निर्देशनमा बसेको पार्टीको जिल्ला कमिटीको पूर्ण बैठक सञ्चालन अवैधानि तवरले गरिएको भन्दै पुर्व अध्यक्ष चौधरीले आपत्ती जनाएका हुन ।

वैठक सञ्चालन भई रहेको समयमा वैठकको अध्यक्षताको आसन ग्रहणका लागि केन्द्रीय कमिटीका सदस्य धर्मराज निरौलालाई कार्यक्रम सञ्चालक प्रदेश कमिटी सदस्य खेमराज पोखरेलले बोलाएपछि आपत्ती जनाउदै पुर्व अध्यक्ष चौधरी माइक खोस्न मञ्च सम्मै पुगेका थिए ।

चौधरी माइक खोस्न मञ्चमा पुगेपछि केही समय माइक खोसाखोस भएको थियो । त्यसपछि पुर्व अध्यक्ष चौधरी बैठक बहिस्कार गरेको भन्दै वैठक स्थलवाट वाहिरिएर इटहरी उपमहानगरपालिकामा आएर पत्रकार सम्मेलन टिके प्रथा अनुसार अवैधानिक कमिटी निर्माण गरी लेलिनवादी संगठनको सिद्धान्तलाई लत्याउने काम गरिएको भन्दै आपत्ती जनाए ।

उनले पार्टीको केन्द्रीय कमिटीको निणर्य अनुसार २०७४ जेष्ठ २मा फर्कने अवस्था,१०वुदें सहमति कार्यान्वयनको अवस्थामा गए रमेश वस्नेतले वैठकको अध्यक्षता गर्नु र जेष्ठ २को अवस्थामा फर्किन नसकेको हो भने रेवतीरमण भण्डारीले वैठकको अध्यक्षता गर्नु पर्नेमा त्यसै नगरि केन्द्रीय सदस्य धर्मराज निरौलालाई गराउनु मान्य नहुने चौधरीले वताएका हुन ।

उनले बस्नेत र भण्डारीले अध्यक्षता गर्न नपाएको अवस्थामा जिल्ला परिषदबाट निर्वाचित अध्यक्ष रहेको कारण आफुले अध्यक्षता गर्न पाउनु पर्ने दावी गरेका हुन । पुर्व अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तीमा नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी सुनसरीको लेटरप्याड प्रयोग गरी अध्यक्ष आफैलाई उल्लेख गरेका छन भने हस्ताक्षर भने गरेका छैनन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय