चितवनको नारायणगढस्थित लायन्सचोकमा बाँकेको कोहलपुरबाट पर्यटक लिएर आएको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन । कोहलपुरबाट पर्यटक लिएर आएको भे १ ख २८३२ नम्वरको बस दुर्घटनामा परेको हो ।

स्थानीय मगर समाज देउसीभैलो खेलेर अवलोकन भ्रमण गर्न सौराहा जाँदै गर्दा दुर्घटनामा परेका हुन । बसले म्याजिक र ट्याम्पोलाई ठक्कर दिएर लायन्सचोकको नालामा खसेको प्रतक्ष्यदर्शीले बताएका छन ।प्रहरी र स्थानीयले झ्यालको सिसा फोडेर घाइते यात्रुको उद्दार गरेका थिए । घाइतेको चितवनमा उपचार भैरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय