मकवानपुरको हेटौँडामा गएराति ट्रक र बस आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना ७ ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसमा सबार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने दुबै यात्रु बसमा सबार थिए। मृतक दुबै पुरुष हुन् । मृतकको सनाखत भइसकेको छैन । दुर्घटनाको विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय