छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपालीमा शुभकामना दिएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शुभकामना सन्देशमा छठ पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उल्लेख छ ।

यसैगरि उपराष्ट्रपति नन्दबहादुर पुनले छठ संसारकै मौलिक पर्व भएको उल्लेख गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा सदभाव र एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि छठ पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा उनले छठ पर्वलाई सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्व भनेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि छठको अवसरमा सबै नेपालीलाई शुभकामना दिएका छन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ–आफ्नै पृष्ठभूमि रहे पनि अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल रहेको बताएका छन् । कोरोना त्रास कायमै रहेकाले स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन उनले अपिल पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय