नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारत सरकारले भारतीय सेनाध्यक्षको मानार्थ दर्ज्यानी प्रदान गरेको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधानसेनापति शर्मालाई आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी प्रदान गरेका हुन ।

राष्ट्रपति भवनमा भारतका रक्षामन्त्री राजनाथ सिंहसहित मन्त्रीहरु, दिल्लीस्थित नेपाली राजदूतावासका कुटनीतिज्ञ, भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलगायत सैन्य अधिकारी उपस्थित थिए ।

नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ । नेपालका तत्कालिन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो ।यसअघि भारतीय स्थल सेनाध्यक्ष नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गरेका थिए ।

शर्माले मैत्रीपूर्ण सम्बन्ध बढाउन गरेको योगदान र उनको प्रशंसनीय सैन्य कौशल, भारतसँगको साथ लामो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्न उनको अपार योगदानको सम्मानमा मानार्थ सेनाध्यक्षको सम्मान प्रदान गरिएको भारतीय सेनाले जनाएको छ । भारतिय समकक्षी नरवणेको औपचारिक निमन्त्रणामा शर्मा बुधबार भारत गएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय