विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पर्वका अवसरमा गर्दै आएको दण्डप्रणामलाई यसपटक पनि निरन्तरता दिएका छन्। विगत १८ वर्षदेखि दण्डप्रणाम गरेर सूर्यअर्घका लागि नदी किनार पुग्दै आएका प्रमुख पराजुलीले आफ्नो कठिन उपासनालाई निरन्तरता दिएका हुन्।

दण्डवत् शैलीमा प्रणाम गर्दै नदीकिनारसम्मको यात्रा तय गरिने हुनाले यसलाई दण्डप्रणाम भनिएको हो।नगर प्रमुखका प्रेस संयोजक कौशल निरौलाका अनुसार पराजुलीले आफ्नै निवासनजिक रहेको शिव पाञ्चायन मन्दिरबाट दण्डप्रणाम सुरु गरेका छन्।

उनले दण्डप्रणाम गर्दै करिब ३ किलोमिटर उत्तरमा रहेको सिङ्गिया खोलास्थित परोपकार घाट पुगेर सूर्यलाई अर्घ दिने कार्यक्रम छ।दण्डप्रणाममा पहेँलो रङको कुर्ता-पाइजामा लगाएर हातमा सानो छडी बोकेका उनलाई घाट पुग्न चार घण्टा लाग्ने अनुमान छ ।

मेयर पराजुलीले विश्वशान्ति, लोककल्याण, आरोग्य र महानगरवासीको समृद्धिका लागि षष्ठीदेवीसित प्रार्थना गर्दै आफ्नो साधनलाई जारी राखेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय