ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत मंगलबार भएका खेलबाट विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुर स्थित एन्फा मैदानमा सम्पन्न भएको खेलमा ललितपुरले मोफोसलको टोली शिवशताक्षी नगरपालिकालाई चार– शुन्य गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

ललितपुरका लागि कप्तान निर्मला बिकले ह्याट्रिक गरिन् । मनिसा शेनले एक गोल थपिन । अर्को खेलमा धनगढी उपमहानगरपालिकाले बाँसगढी नगरपालिकामाथि बा¥ह–एक को फराकिलो जित निकाल्यो । विजयी शिवसताक्षीले फाइनल प्रवेशका लागि गोदावरी नगरपालिका कैलाली र कनकाई नगरपालिका झापाको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

बुधबार पहिलो खेल गौरीगंगा नगरपालिका कैलाली र इलामको रोङ गाउँपालिका तथा गोदावरी नगरपालिका कैलाली र कनकाई नगरपालिका झापाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय