नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति र संशोधन बिना एमसीसी अगाडी बढ्न नसक्ने स्पष्ट पारेको छ । पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले एमसीसीको बिषयमा भएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमति र संशोधन बिना एमसीसी अगाडी बढ्न नसक्ने स्पष्ट पारेको हो । एमसीसीमा रहेका केहि बिषयमा आपत्तीजनक रहेको र राष्ट्रिय सहमति नभइ अघि नबढ्ने बैठकपछि माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

त्यस्तै माओवादीले न्यायलयमा भइरहेको आन्दोलनका बिषयमा कुनै हस्तक्षेप नगर्ने र समस्यालाई न्यायलयले नै टुङ्गाउनुपर्ने निर्णय गरेको छ ।बैठकले सत्ता गठबन्धनको संयन्त्रमा माओवादीका तर्फबाट अध्यक्ष दाहाल र नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । स्थायी समितिले माओवादीको प्रदेश पदाधिकारीको टुंगो प्रदेश भित्र रहेका केन्द्रीय सदस्यहरुसंग छलफलपछि अध्यक्ष दाहालले लगाउने निर्णयपनि गरेको छ । त्यस्तै माओवादीले पुष ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णयपनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय