शेयर बजारमा मंगलवार परिसूचक नेप्से ७९ दशमलव ७९ अंकले घटेर २७४९ दशमलव ८५ अंकमा पुगेको छ । मंगलवार २ सय २५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलवार सेन्सेटिभ परिसूचक पनि १६ दशमलव ०२ अंकले घट्दै ५१२ दशमलव ८२ अंकमा पुगेको छ । आज १३ वटै समूहका परिसूचकहरु घटेका छन् । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सूचाङ्क करिब ४६५ अंकले घटेको छ ।

यसैगरी जीवन बीमा समूहको ३८० अंक, वित्तीय समूहको १४५ अंक, उत्पादन तथा प्रशोधन समूहको १८७ अंक, जलविद्युत समूहको १०२ अंक, अन्य समूहको ८१ अंक र व्यापार समूहको कारोबारमा करिब ३६ अंकले गिरावट आएको छ । तेह्रथुम जलविद्युत कम्पनी, साहस ऊर्जा र मानुसी लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

नविल बैंक लिमिटेड कारोबार रकमका आधारमा पहिलो स्थानमा रह्यो । नविलको २९ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । नविलपछि करिब २५ करोड ७९ लाख कारोबार गर्दै साहस ऊर्जा सबैभन्दा धेरै कारोबार गर्ने दोस्रो कम्पनी बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय