१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा व्यवसायी मनोज अधिकारी पक्राउ परेका छन् । अधिकारी कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फर्वार्डस् संघ (नेफा) का अध्यक्ष हुन् ।

उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीको टोलीले ठमेलबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिएको पर्दाफासले लेखेको छ । ‘उनलाई बलात्कारको आरोपमा पक्राउ गरेका हौं, थप अनुसन्धान गरिरहेका छौं,’ बस्नेतले भने ।

जबरजस्ती करणी सम्बन्धी कसूरमा कमलपोखरी प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो । एसपी बस्नेतका अनुसार अधिकारीले ८ कात्तिकमा पीडित किशोरीलाई रातोपुलस्थित एक रेष्टुरेन्टमा बलात्कार गरेको जाहेरी परेको छ ।

अधिकारीलाई जिल्ला अदालत, काठमाडौंबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले पीडित बालिकाको मेडिकल जाँच लगायत सुरु गरेको जानकारी दिएको छ । व्यवसायी अधिकारी गत पुसमा नेफाको अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।पर्दाफास

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय