प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गर्दै आन्दोलनमा रहेका अन्य न्यायाधीशले पनि सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेका छन् । न्यायाधीशहरु बमकुमार श्रेष्ठ, कुमार चुडालले आफ्नो एकल इजलासमा मुद्दाको सुनुवाइ गरेका छन् ।

यस्तै, न्यायाधीशहरु प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी तथा तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासले पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेर आदेश जारी गरेको छ । प्रधानन्यायाधीश जबराले यसअघिको सहमति उल्लंघन गरेर इजलास गठन गरी पेसी तोकेको भन्दै सर्वोच्चका न्यायाधीशहरु सोमबार बिहान बेग्लै छलफलमा जुटेका थिए ।

न्यायाधीशहरुको छलफलका बीच न्यायाधीश चुडालले एकल इजलासमा बन्दी प्रत्यक्षीकरणको रिट हेरेका थिए । यसअघि प्रधानन्यायाधीश जबराले मुद्दा नहेर्ने र विवाद समाधान नहुँदासम्म अरु न्यायाधीशले बन्दीका मुद्दा मात्रै हेर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार सर्वोच्चका न्यायाधीशहरु प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन घोषणा गरेको हप्तादिन पछि इजलासमा फर्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय