पछिल्ला वर्ष बारा जिल्लामा बलात्कार विरुद्धका मुद्धा दर्ता गर्ने क्रम बढेको छ । यद्यपी दुरदराजमा हुने घटना अहिले पनि मेलमिलापमा टुंगिँदा धेरै घटना कानुनी दायरामा आउन नसकेको प्रहरीको भनाइ छ ।

बारा जिल्लामा पछिल्लो तिन बर्षमा १ सय १७ वटा बलत्कारका मुद्दा दर्ता भएका छन् भने यो आर्थिक वर्षमा ११ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्गम ग्रामिण क्षेत्रमा गाउँस्तरमै केही जनप्रतिनिधि, कथित भद्रभलाद्मीहरुको पञ्चायतीबाट घटना मिलाउने गरेको पाइएको छ । यद्यपी मेलमिलापमा संलग्न कतिपयलाई पनि प्रहरीले पक्राउ गर्ने गरेको छ ।

ग्रामिण क्षेत्रमा हुने गरेका बलात्कारका घटना गाउँ तहमै मिलाएर दोषीलाई उन्मूक्ति दिने गरेको अधिकारकर्मीको भनाइ छ ।पछिल्लो समय विकृति बढ्दै जाँदा सभ्य र मर्यादित मानिएका व्यक्तिबाट नै बलात्कारका घटना हुँदा समाजले समग्र पुरुष माथि नै प्रश्न उठाउने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय