कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको प्राङगनमा सोमबार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाशीश जबराले अव पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताएका हुन ।

प्रधानन्यायधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी रहेने बारको चेतावनी छ ।नेपाल बार एशोसिएशनले मंगलबारपनि सर्वोच्च अदालतको प्राङगनमा धर्ना दिने जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय