आइसीसी टी २० विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । न्युजिल्याण्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेपछि सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको हो । समुह ए बाट इंग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका छन भने समुह बी बाट पाकिस्तान र न्युजिल्याण्डले अन्तिम चारमा स्थान बनाए ।

न्युजिल्याण्डको जितसँगै भारत र अफगानिस्तान समुह चरणबाट बाहिरीएका छन । भारत समुह चरणबाट बाहिरीएको यो चौथो पटक हो । सन् २००७ को च्याम्पियन भारत २००९, २०१०, २०१२ र २०१४ मा पनि दोस्रो चरणबाट बाहिरीएको थियो ।

जितसँगै न्युजिल्याण्ड समुह बी बाट अन्तिम चारमा पुगेको हो । अब आजै हुने अर्को खेलमा पाकिस्तान पराजित भएको खण्डमा न्युजिल्याण्ड विजेताका रुपमा सेमिफाइनलमा पुग्ने संभावना छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय