कोरोना संक्रमण दर घटदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ अनुसार जनवरीदेखि अक्टोवरसम्म ३३ देशबाट एक लाख १ सय ४८ जना पर्यटक नेपाल भित्रिएका हुन ।

कोरोना संक्रमणको दर कम हुदै गएपछि सरकारले पर्यटकका लागि आगमन खुल्ला गरेपछि पर्यटकको आगमनदर बृद्धि हुँदै गएको छ । अक्टोवरमा २३ हजार २ सय ८४ जना र सेप्टेम्बर महिनामा मात्र ३५ राष्ट्रबाट ९ हजार ९ सय ९८ जना पर्यटक नेपाल भित्रिएका छन् ।

यस अघि जुलाइ महिनामा दुई हजार ९ सय ९१ आएका थिए । अगस्टमा महिनामा छ हजार पर्यटक नेपाल आएको तथ्यांक बोर्डसँग रहेको छ । जनवरीदेखि हालसम्म नेपाल भित्रिएका पर्यटक मध्ये अमेरिकाबाट धेरै रहेका छन् ।

३३ देशबाट नेपाल आएका पर्यटक मध्ये १५ दशमलब ५४ प्रतिशत अर्थात १५ हजार ५ सय ६५ जना अमेरिकी रहेका छन । सीमाका कारण भारतीय पर्यटकको तथ्याङक बढी भएपनि । चीन र बेलायतबाट समेत उल्लेख्य मात्रामा पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय