नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धनलाई लोकतन्त्रको नास गर्ने भक्षकहरुको संज्ञा दिएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले ५ दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाएका हुन् ।

गठबन्धनलाई देश र संविधान समेत नचाहिएको ओलीको भनाइ छ । ओलीले देश, लोकतन्त्र र संविधानको रक्षा एमालेले मात्रै गर्ने भन्दै एमाले नभएको भए यसअघि नै १७ साल दोहोरिने ठोकुवा समेत गरे । अध्यक्ष ओलीले एमाले विरुद्ध अन्तराष्ट्रिय शक्ति, अदालत र मिडिया समेत योजनाबद्ध रुपमा लागेको भन्दै कार्यकर्ताहरूलाई प्रतिकार गर्न निर्देशन समेत दिए ।

अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जनयुद्ध कालमा आफ्नो छोराछोरीलाई कसरी बेलायतमा पढाउन सक्नु भयो भन्दै प्रश्नसमेत उठाएका छन् ।अध्यक्ष ओलीले गीत, कला, साहित्य सबैको माध्यामबाट आफ्ना पार्टीमाथि गरिएका गलत प्रचारको खण्डन गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय