तिहारको भाइटीकाको भोलिपल्ट लाग्ने डोटीको जोरायल मेला सकिएको छ । डोटीका स्थानीयले शक्तिशाली मान्ने देवता चडयौलीथानलाई खुशी पार्न प्रत्येक वर्ष डोटीको जोरायलमा मेला लाग्ने गर्छ ।

डोटी जिल्लाको जोरायल गाउँपालीका क्षेत्रमा हुने प्रमुख जात्राको रुपमा लिइने भोस्सो जात्रा आइतबार सम्पन्न भएको हो । स्थानीयको शक्तिशाली देवता चडयौलीथानको प्रसन्नताको लागि यो जात्रा गर्ने परम्परा छ । महाभारतको कथामा जरासन्धलाई राक्षस भनेर सम्बोधन गरिए पनि डोटी जोरायलको संस्कृतिमा यिनलाई देवता मानेर पुज्ने गरीन्छ । जात्रा नगरिए देवता रिसाई जोरायलमा अनिष्ट गराउन सक्ने जनविश्वास रहेको छ ।

यो जात्रा युद्घमा जान तयार सेनाको जुलुस जस्तै हुन्छ । भाइटीकाका दिन स्थानीयहरू दिदी–बहिनीको हातबाट टिका लगाइसकेपछि सिलंगीबाग बजारको मेलामा पुग्ने गर्छन् । मेलालाई त्यहाँको स्थानीय भाषामा दुत्तेको मेला भन्छन् ।

विभिन्न ठाउँबाट मेलामा सहभागि भएका २९ भोस्सोलाई नगदसहित सम्मान समेत गरिएको थियो । कोरोना त्रासका बीच पनि मेलामा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय