भारतको महाराष्ट्रमा एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। महाराष्ट्रको अहमदनगर जिल्लाको डिस्ट्रिक्ट अस्पतालको आइसीयुमा शनिबार विहान आगलागी हुँदा कोरोना संक्रमित विरामीको मृत्यु भएको हो ।

आगलागीमा परेर अन्य छ जना घाइते भएका छन् । आगो लाग्दा आइसीयुमा २० बिरामी उपचार गराइरहेका थिए । छ जना विरामीको भेन्टिलेटरको सहारामा उपचार भैरहेको थियो । नौ जना विरामीलाई आगोले असर नगरेको बताईएको छ ।

घटनापछि अस्पतालमा भर्ना भएका बिरामीहरुलाई अन्यत्र रिफर गरिएको छ। अस्पतालको हालसालै निर्मित आइसियु वार्डमा आगो लागेको हो । उक्त वार्डमा कोरोनाका बिरामी राख्ने गरिएको थियो । अस्पतालको फायर सेफ्टीमा रहेको कमजोरीका कारण आगलागीले विध्वंसात्मक रुप लिएको अनुमान गरिएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगो सुरक्षा सम्वन्धी जाँच गराएको÷नगराएको विषयमा छानबिन गरिने र दोषी पाइए कारबाही गरिने बताइएको छ । मृतकका परिवारलाई क्षतिपूर्ति दिइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय