नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा बाढीपहिरो प्रभावित क्षेत्रको बुधबार निरीक्षण गरेकाछन् ।गत असोज ३१ गते देखी कात्तिक ३ गते सम्म लगातारको अविरल वर्षाका कारण सो क्षेत्रमा भएको बाढीपहिराको क्षतीका विषयमा जानकारी लिन गृहमन्त्री खाँण डडेल्धुरा पुगेकाहुन ।

बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्दै गृहमन्त्री खाँणले सुदुपश्चिममा देशकै सबैभन्दा ठुलो वर्षा भएको बताउदै बाढीको क्षती एकिन भएपछि आवश्यक क्षतीपुर्तीका लागी सरकार राहतका प्याकेज अगाडी बढाउने बताए । उनले भने, ‘प्रधानमन्त्रीको हामीलाई आदेश छ, गृह मन्त्रालयले बाढी पिडितहरुको राहत प्याकेज सक्दो चाडो पिडित सामु पु¥याउने छ ।’

नेपाललाई पहिरोबाट बचाउनु मूख्य समस्या रहेकाले सरकार दिर्घकालिन योजना निर्माणका रणनितिक योजना तयार गरिरहेको गृहमन्त्री खाँणले बताए । गृहमन्त्री खाँण सहितको टोलीले गन्यापधुरा गाउँपालिका – १ प्रतोला र गन्यापधुरा –३ को सकायल क्षेत्रको स्थलगत निरीक्षण गरेकाछन्। गृहमन्त्री खाँणका अनुसार भत्केका सडक, पुल, घर सरकारको पहिलो प्राथमिकतामा रहेको जनाइएको छ ।

निरिक्षणका लागी प्रधानमन्त्री शेर बहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिका पुगेका गृहमन्त्री खाललाई गायँपालिका अध्यक्ष नवल मल्लले ज्ञापन पत्र बुझाउदै १ अर्व ५ करोड १२ लाख बराबरको क्षती भएको जानकारी गराए ।

गृहमन्त्रीलाई भेटगर्न पुगेका वाढी पिडितहरु आपुहरु सुरक्षीत बास स्थानको मागगर्दै सरकार मार्फत तत्काल राहतको माग गरिरहेका छन् । बाढीले धनजनको क्षती पुगाएकाले सरकारले बाढी पिडितहरुलाई विशेष प्राथमिकतामा राख्नुपर्ने उनिहरुको माग रहेको छ ।

गृहमन्त्री सहितको सो टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल, सुदुपश्चिम प्रदेश सभा सांसद गोविन्द बोहरा, गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलमल्ल, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी लगायत सहभागी रहेका थिए । सो टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत र हवाई अवलोकन गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय