प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएकाछन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएकाहुन । उनले चितवनमा हुने पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुहरुलाई मात्र बोलाउने बताउँदै अवैध सम्बन्ध र गर्भाधारणबाट जन्मिएको एकीकृत समाजवादी पार्टीलाई बोलाइरहनु नपर्ने बताए । उनले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पहिचान र ठेगाना नभएको टिप्पणी गरे ।

प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई निमन्त्रण दिने कुरामा एकीकृत समाजवादीको पनि पत्रकार साथीले नाम लिनुभयो, प्रमुख राजनीतिक दलहरुलाई हामीले निमन्त्रणा गर्ने हो, कतिपय राजनीतिक दलको पहिचान र ठेगाना नै स्पष्ट छैन, अवैध सम्बन्ध, अवैध गर्भाधारणबाट बनेका पार्टीहरु छन्, त्यास्ता पार्टीहरुलाई महाधिवेशनमा बोलाइरहनुपर्छ जस्तो लाग्दैन, पहचिान र ठेगाना स्पष्ट भएका प्रमुख राजनीतिक दलहरुलाई यो महाधिवेशनमा आमन्त्रण गरिनेछ ।’

प्रचार विभाग प्रमुख भट्टराईले गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगहरुमाथि हस्तक्षेप भएको बताए । उनले गठबन्धन सरकारले संवैधानिक अंगहरुमा स्वेच्छाचारिताको गम्भीर प्रश्न उठेको बताउँदै शक्तिहरुको स्वार्थमा देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाए ।

प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘आज मुलुकमा राजनीतिक अनिश्चयको स्थिती पैदा भएको छ, संविधान मिचिँदै छ, संवैधानिक अंगहरुमाथि कार्यपालिकाको हस्तक्षेप छ, संवैधानिक अंगहरुमा स्वेच्छाचारी प्रक्रियामार्फत् गम्भीर प्रश्न उठ्न थालेको छ,यो गठबन्धन सरकार बनेपछि, देशलाई यसरी अन्योल माहोलमा राख्नु हुँदैन, अलोकतान्त्रिक, स्वेच्छाचारी, असंसदीय ढंग मार्फत् राजनीतिक अस्थिरतातिर मुलुकलाई धकेल्ने प्रयत्न भइरहेको छ शक्तिहरुको स्वार्थमा ।’

प्रचार विभाग प्रमुख भट्टराईले १० आँै राष्ट्रिय महाधिवेशन ऐतिहासिक र भव्य हुने बताउँदै उक्त महाधिवेशनमा विधान महाधिवेशन भएको दुई महिनामा भएका ठूला राजनीतिक घटनाहरुको बारेमा पनि पार्टीले स्पष्ट धारणा राख्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय