धनतेरशको धार्मिक महत्व बढेर गएको छ । आर्यूेवेदाचार्य धनन्तरीको जन्मजयन्तीको दिनमा मनाउने धनतेरशमा सुनचाँदी, भाडाकूँडा खरिद गर्दा लक्ष्मी भित्रीने हुने धार्मिक मान्यता रहिआएको छ ।

धनन्तरी दिवसमा मनाइने धनतेरस तिहार चाडको महत्वपूर्ण दिनको रुपमा विकास भएको छ । यो दिनमा भाडाँकूडा र सुनचाँदीका गहना खरिद गर्दा धनधान्यकी देवी लक्ष्मीको प्रवेश हुने धार्मिक मान्यता रहिआएको छ ।

धनधान्यको देवी लक्ष्मीको पूजा आराधाना गर्न तिहार र विशेष गरी धनतेरसको दिनमा सुनचाँदीको सिक्का र गहनाहरुको खरिद गर्ने प्रचलन बढ्दै गइरहेको छ । पछिल्लो समय धनतेरसको दिन गहना तथा केही नयाँ सामान खरिद गर्ने मान्यता विकास हुँदै गइरहेको हो । काठमाडौंको विभिन्न सुनचाँदी पसलमा सुनचाँदीको सिक्का,लक्ष्मी गणेशको चाँदीको मूर्ति र गहना खरिद गर्नेको चहलपहल बढ्न थालेको हो ।

राजधानीका न्यूरोड विशालबजार तथा आसपासको सुनचाँदी पसलहरुमा समेत सुनचाँदीका गहना तथा चाँदीका भाडाकूँडा किन्नेको चहलपहल बढेको हो । देवी लक्ष्मिको पूजा गर्ने वैदिक परम्परालाई जगेर्ना गर्न धनतेरसको अवसरमा सुनचाँदीको गहना किन्ने प्रचलन रहेको बताईन्छ ।

धनकी देवी लक्ष्मीलाई भित्राउन पनि धनतेरस शुभदिन भएकाले सुनचाँदीको गहना किन्ने प्रचलन बढेको व्यवसायीहरुको भनाई छ । तिहारलाई विशेष बनाउन सुनचाँदी व्यवसायीले झिलीमिली र सजावटलाई विशेष ध्यान दिने गर्दछन् । तिहार र धनतेरशलाई भव्य बनाउन पसललाई दुलही जस्तै सिर्गान न्यूरोड लगायतका क्षेत्रका पसलहरु व्यस्त रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय