खुमलटार भेट्रान फुटबल क्लबले लिएको अग्रतालाई उल्टाउँदै झापा भेट्रान फुटबल क्लबले भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा झापाले खुमलटारमाथि २–१ को पुनरागमन जित निकाल्दै उपाधि उचालेको हो ।

झापाका लागि श्याम कुमार गोलले दुई गोल गरे । खुमलटारका लागि कप्तान नरेन्द्र लामाले गोल गरे । खुमलटारविरुद्ध रोमाञ्चक जित निकालेको झापाले उपाधि सहित नगद ५ लाख रुपैयाँ हात पार्दा उपविजेतामा चित्त बुझाउन बाध्य खुमलटारले २ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो ।

व्यक्तिगत विधातर्फ झापाका श्याम कुमार गोले प्लेयर अफ द म्याच तथा प्लेयर अफ द टुर्नामेन्ट, रुपक कुमार गुरुङ उत्कृष्ट गोल किपर, भेषराज लिम्बु उत्कृष्ट मिडफिल्डर, नरेन्द्र लिम्बु उत्कृष्ट फरवार्ड तथा सन्तोष राई उत्कृष्ट प्रशिक्षक घोषित भए ।

यस्तै खुमलटारका विनोद खड्गी उत्कृष्ट डिफेन्डर घोषित भए भने जुमानु राईले गोल्डेन बुट अवार्ड थापे । फुटबर्लस मिसन टुगेदरले प्रतियोगितामा २१ टोलीले सहभागिता जनाएका थिए । आयोजकले सहभागि टोलीलाई सात समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय