प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले चाहेको सम्मानजनक बहिर्गमनका विषयमा सर्वोच्चका न्यायाधीसहरुले छलफल गरेका छन । सोमबार साँझ न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्माले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बालुवाटारस्थित सरकारी निवासमा छलफल गरेका हुन ।

करिव दुई घन्टा भएको छलफलको जानकारी आज छलफलमा जुटेका तीन न्यायाधीसले अन्य न्यायाधीसलाई जानकारी गराउने बताइएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूलाई अनिल सिन्हाले छलफलका विषयमा जानकारी गराउने भएका हुन । प्रस्तावका विषयमा न्यायाधीसहरुले आज सामुहिक रुपमा निर्णय पुग्ने तयारी गरेका छन ।

यसअघि न्यायाधीशहरूले विश्वासको वातावरण बनाउन जबरालाई आफ्ना लागि पेसी नतोक्न र बाँकी न्यायाधीशलाई पनि बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र तोक्न आग्रह गरेका थिए । त्यसैअनुसार सोमबार पेसी तोकिएपछि १० जना न्यायाधीशले ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय