प्रदेश एकको मुख्यमन्त्रीमा आज एकीकृत समाजवादीका नेता राजेन्द्र राई नियुक्त हुँदैछन । गठबन्धन दलमा आबद्ध बहुमत अर्थात ४९ सांसदहरुको समर्थनमा राई मुख्यमन्त्री बन्न लागेका हुन ।

नयाँ सरकार गठनका लागि एक बजेसम्म समय तय गरिएकाले त्यस लगत्तै राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन । राईले आजै दिउसो दुई बजे प्रदेश प्रमुख सोमनाथ अधिकारीवाट पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ ।

सानो आकारको मन्त्रिपरिषद पनि आजै बिस्तार हुने बताइएको छ । गठबन्धनमा आबद्ध दलवाट पाँच सदस्सीय मन्त्रिमण्डल गठन गर्ने राईको तयारी छ । एमालेका मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपपछि गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष दाबी पेस गरेका हुन ।

विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेको छ । नयाँ सरकार बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन । गठबन्धनमै रहेकी माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाडौंमा रहेकाले हस्ताक्षर नगरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय