प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । आज बेलुकी यमदीपदान गरेपछि तिहार विधिबत रुपमा सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार भने बुधबार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु गर्नुपर्ने समितिले जनाएको छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।

बिहान सात बजेर १४ मिनेटपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको समितिको भनाइ छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

लक्ष्मीपूजा र लक्ष्मीजयन्ती भने बिहीबार परेको छ । गाई, गोरु र म्हः पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । यसै दिनदेखि नेपाल संवत् ११४२ शुरु हुन्छ । भाइटीका भने कात्तिक २० गते शनिबार परेको छ । टीकाको उत्तम साइत ११ बजेर दुई मिनेटमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय