नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ । विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएएर दुर्घटनामा परेको हो । हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो ।

यात्रु र चालक दलका सदस्य सकुशल छन् । तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल परेको छ । बदेल विमानमा ठोकिएको घटनापछि बन्द रहेको विमानस्थलमा उडान र अवतरण केहि समयपछि पुन सुचारु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय