प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धलाई चुनौति दिएका छन । सोमबार काठमाडौंमा महासचिव पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौति दिएका हुन ।

उनले एमालेको बिरुद्धमा अहिले एउटा गठबन्धन तयार रहेको बताउँदै सो गठबन्धनले संविधान र कानूनलाई ठाडो उल्लंघन गरिरहेको आरोप समेत लगाए । अहिलेको गठबन्धन सरकार विदेशीको अघि घुँडा टेक्नसमेत पछि नपरेको उनको दाबी छ ।

महासचिव पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा विदेशी पार्टीहरुलाई बोलाएको र लगभग ५ लाख जनताको उपस्थितीमा महाधिवेशनको उद्घाटन गर्ने बताए । उनले देशबासीको नाममा नेकपा एमाले विगतको भन्दा सशक्त ढंगले अघि बढ्ने बताउँदै मुलुकलाई नयाँ संकल्पसहित अघि बढाउने योजनामा रहेको समेत जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय