नेपाल राष्ट्र बैंकले आयातित बस्तुमा ५० प्रतिशतभन्दा बढि ऋृण प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको जनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दा पनि बढि मात्रामा आयातित बस्तुमा ऋृण प्रवाह हुँदा सो समस्या देखिएको प्रष्ट परेका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा उनले कोभिडका कारण रेमिट्यान्स घटनु, ऋृण प्रवाहको समय थप गर्नु, सरकार परिवर्तनसँगै बजेट पुनर्विचार हुँदा पनि त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रको तरलतामा देखिएको बताए ।

गभर्नर अधिकारीले उत्पादनमूलक क्षेत्रमा ऋृण प्रवाह गर्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराए । उनले सस्तो ब्याजदरमा ऋृण दिने कामले पनि बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिने अवस्था आएको स्पष्ट पारे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभावका कारण ४५ लाख लगानीकर्ता प्रभावित भएको बताए । उनले ब्याजदर बढ्नुले साना उद्यमी, व्यवसायीहरुको पुनर्उत्थान तत्काल गर्न सकिने अवस्था नरहेको गुनासो समेत गरे ।

२०७६ चैत्र देखि कात्तिकसम्म कर्जाको माग खासै नभएपनि त्यसपछि माग ह्वात्तै बढ्दा बैकिङ क्षेत्रमा तरलताको अवस्था आएको हो । २०७६ साल चैत्रदेखि हालसम्म १२ खर्व ३ अर्ब रुपैयाँ कर्जा जारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय