प्रदेश एकमा विपक्षी गठबन्धनका दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेको छ ।प्रदेश प्रमुख सोमनाथ अधिकारीले नयाँ सरकार गठन गर्न मंगलबार दिउँसो एक बजेसम्मको समय दिएलगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठन गर्नका लागि दाबी पेस गरेको हो ।

विपक्षी गठबन्धनमा आबद्ध राजनीतिक दलका नेताहरू प्रदेश प्रमुखको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राईलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका हुन ।

विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेको छ । नयाँ सरकार बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन ।

गठबन्धनमै रहेकी माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाडौंमा रहेकाले हस्ताक्षर नगरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय