बर्दिया प्रहरीले नगद सहित ९ जुवाडेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक गोपाल पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले नगद रु. १ लाख ९८ हजार ५ सय ५ सहित ९ जना जुवाडेलाई सोमबार दिउँसो पक्राउ गरेको हो।

बर्दियाको गुलरिया नगरपालिका वडा नं.७ गुलरियागाँउ स्थित रमेश यादवको घरको कोठामा जुवातास खेलीरहेको भन्ने शंका लागि खानतलासी गर्दा जुवातास खेलीरहेको अवस्थामा जुवा खेलाउने घरधनी सहित ९ जनालाई पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.७ बस्ने रमेश यादव, वडा नं.३ बस्ने रतिराम चौधरी, वडा नं.७ बस्ने श्यामु यादव, वडा नं.४ बस्ने गुमान बहादुर मल्ल, वडा नं.१० बस्ने तेज कुमार चौधरी, मधुवन नगरपालिका वडा नं.८ बस्ने सुरेश वली, सोही ठाउँ वस्ने टेकेन्द्र साउद, वडा नं.९ बस्ने नारायण क्षेत्री र सोही नगरपालिका वडा नं.७ वस्ने पदम बहादु सुनार रहेको बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी गराएका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिई जुवा संवन्धी कसुरमा म्यमद थप गरि आवश्यक अनुसन्धान भईरहेको बर्दिया प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय