दाङको दूधरासमा रा ४ प ४९७३ नं को स्कुटर दुर्घटना हुँदा सोमबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।

स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि अहिले अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय