डिभिजन वन कार्यालय लहानले लाखौं मुल्यको सखुवाको चिरान बरामद गरेको छ । विशेष सूचनाको आधारमा गोलबजार नगरपालिका–८ चोहर्वाको मैनाबती खोलानजिकैबाट अवैध रूपमा ल्याउँदै गरेको सखुवाको चिरान बरामद गरेको हो ।

साइकलमा ल्याउँदै गरेको २० थान सखुवाको चिरान र ४ थान साइकल बरामद भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

चुरेक्षेत्रको वनबाट अवैधरुपमा तस्करहरुले काठ ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका प्रमुख डिभिजन वन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिए ।

वनरक्षकको टोलीलाई देखेपछि तस्करहरू काठ र साइकल छोडेर भागेको प्रमुख दासले बताए । सिरहाको चुरे क्षेत्रमा सालको काठ नभएपछि तस्करहरूले छिमेकी जिल्ला उदयपुरबाट चोरी पैठारी गर्ने गरेको प्रमुख दासले बताए ।

पक्राउ परेका काठ अहिलेको बजार भाउ अनुसार एक लाख भन्दा बढि मूल्यको रहेको उनले बताए । यस सम्वन्धमा आवश्यक अनुसंधान भई रहेको डिभिजनल वन अधिकृत दासले बताए ।

काठ तस्करी गराउन सव डिभिजन वन कार्यलय गोलबजार चोहर्वाका केही बन कर्मचारीको समेत मिलोमतोमा काठ तस्करी भइरहेको स्थानीयको भनाइरहेको छ । तस्करले गागन मैनाबति र घुर्मी खोला हुँदै काठ वभिन्न स–मिलहरुमा पुर्याउनेगरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय