राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ स्कटल्यान्डको ग्लास्गो सहरमा सुरु भएको छ । आयोजक राष्ट्र बेलायतले अध्यक्षता गर्ने जलवायु सम्मेलनमा विश्वका १८० भन्दा बढी मुलुकका सरकार प्रमुख उपस्थित छन् । सम्मेलनको सुरुआतमै जलवायु परिवर्तनको संकटबाट प्रभावित नेपालको हिमाली क्षेत्रले स्थान पाएको छ ।

बेलायती सांसद आलोक शर्माले आफ्नो मन्तव्यमा हिन्दूकुश क्षेत्र अन्तर्गत पर्ने नेपालको जोमसोमको कुरा उठाका छन । उनले नेपाल घुम्न आएको बेला जोमसोम पुगेर प्रभावित समुदायलाई भेटेको र सुख्खा तथा बाढीको कारण विस्थापित हुने जोखिममा रहेको बताए ।

शर्माले कोप–२६ मा यो मुद्दा उठाए लगत्तै यसले विश्वव्यापी चर्चा पाएको छ । यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागि भएका छन् ।

देउवाले सम्मेलनका क्रममा विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्ने छन । देउवाको मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ भने श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय