विद्यालयले ५३ बर्ष अघिदेखी हकभोग गर्दै आएको जमिन ब्यक्तिले आफ्नो नाममागरी विक्रि गरेको पाईएको छ । जितपुरसिमरा उपमहानगरपालिका–१७ जैतापुर स्थीत श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जैतापुरको हकभोगमा रहेको १ विगाह २ कठ्ठा ५ धुर जमिन दुशित प्रकृयाबाट ब्यक्तिको नाममा लगि विक्रि समेत गरेको पाईएको विद्यालयले जनाएको छ ।

२०२५ सालबाट विद्यालयले हकभोग गर्दै आएकोे साविक मनहर्वा गाविस वडा नं.४(ख) को कित्ता नं.३५ को सो जमिन ब्यक्तिले आफ्नो नाममा गरि विक्रि वितरण गरेको पाईएको विद्यालय ब्यवस्थापन समितका अध्यक्ष टल्के थिङ्गले बताए ।

उक्त जमिन २०३४ चैत्र १२ गते साविक बघवन गाविस वडा नं.१ हाल कलैया उपमहानगरपालिका १४ निवासी रामप्रसाद महत्तो नुनियाले पत्नी सियापती देवीको नाममा नक्कली श्रेस्ता बनाएर अघिल्लो बर्ष अर्कैलाई बेचेको पाईएको हो ।२०२२ साल असार २३ गते सर्वे हुँदा तत्कालिन पञ्च जीउलाल चौधरीले उक्त जग्गा ऐलानी प्रति भनी प्रमाणित गरेको फिल्ड बुकमा उल्लेख छ ।

२०३३ साल माघ २१ गते स्थानिय जनप्रतिनिधी समेतको रोहबारमा विद्यालयको नाममा नम्बरी कायम गर्न सार्वजनिक मुचुल्का गरि जिल्ला शिक्षा कार्यालय, मालपोत लगायतका कार्यालयमा विद्यालयले पत्र पठाएको थियो ।सोही मुचुल्का सहितको पत्रका आधारमा २०३४ साल असोज ३ मा जिल्ला शिक्षा कार्यालय बाराले तत्कालिन मालपोत तथा भुमी ब्यवस्था कार्यालय बारालाई पत्रलेखी विद्यालयको नाममा श्रेस्ता कायम गरिदिन अनुरोध गरेको प्रमाण विद्यालयसँग छ । के कती कारणले त्यस समयमा श्रेस्ता बनेन थाहा छैन ।

२०५४ चैत्र २१ पुनः तत्कालिन गाउँ विकास समितिले उक्त जमिन विद्यालयको हकभोगमा रहेको भनि प्रमाणित गरि पत्राचार गरेको पत्र पनि भेटिएको छ । अनेक तथ्य प्रमाण हुँदाहुँदैपनि जमिन नुनियाको नाममा कसरि गयो खोजी गरिरहेका छौं अध्यक्ष थिङ्गले भने । उक्त जमिन २०२५ साल अघिबाट हालसम्म विद्यालयको हकभोगमा छ । तर केहीदिन अघि उक्त जमिन अर्कैले आफ्नो भनी दावी गर्न आएपछि आफुहरु चकित परेको अध्यक्ष थिङ्गले बताए ।

विद्यालयले अहिलेपनि हुण्डामा सो जमिन स्थानिय किसानलाई खेतीगर्न दिएको र बार्षिक रुपमा उनीहरुबाट रकम बुझदै आएको छ । सरकारी विद्यालयको हकभोगमा रहेको अनेक प्रमाण देखाउँदै थिङ्गले विद्यालयको सम्पती फिर्ताका लागि पहल सुरु गरेको बताए ।
जैतापुरका सोझासिधा आदिबासी जनजाती थारु, तामाङ्ग र दलित अविभावकहरुलाई गुमराहमा पारेर नुनियाले सो जग्गा आफ्नो पत्नीका नाममा फर्जी धनीपूर्जा बनाएको देखिएको छ ।

विद्यालयले पटकपटक श्रेस्ता बनाउन पलह गर्दै आएको देखिए पनि अर्कैको नाममा पूर्जा बनेको चाल भने अहिले आएर मात्रै पाएको हो । तत्कालिन समयमा प्रभावकारी ढंगले प्रयास गरेको पाईएन । हकभोग जारी छँदैछ । कस्ले केगर्छ र भन्ने ढङ्गबाट विद्यालयले सामान्य पहल गरिरहेको थियो ।

सोझा अविभावक फेरिइरहने प्रधानअध्यापकहरुले खासै चासो नराख्दा नुनियाले सोको फाईदा उठाएर दुसित ढंगले आफ्नो नाममा जमिन गरेको बुझिएको विद्यालयका प्रधानअध्यापक दिपेन्द्र चौधरीले बताए ।केही समयअघि नुनियाका आफन्त आएर खेती गर्ने किसानहरुसँग अधिँया चाहियो भनेपछि जैतापुरका अविभावन झस्याङ्ग भई छानविन गर्दा अदालत समेतको प्रयोगमा ठुलै खेलोगरेर विद्यालयको जमिन ब्यक्तिको नाममा गएको पाएका हौं ।

उक्त जमिन नुनियाले २०७७ पौष १३ गते काठमाण्डौका रामहरी घिमिरेलाई विक्रि गरेको पाईएको प्रधानअध्यापक चौधरीले बताए ।
२०३४ मा बनेको पूर्जा ०५४ पछी माओवादी विद्रोहका क्रममा मालपोतमा आगजनी हुँदा सोको श्रेष्ता नष्ट भएको मालपोतले उल्लेख गरेको छ । श्रेस्ता प्रमाण नष्ट भएपछी पुनः श्रेस्ता कायम गर्ने क्रममा मालपोतले विद्यालयको हकभोग थाहा पाएर रोक्ने प्रयास गर्दा नुनिया अदालत गएका थिए ।

विद्यालयलाई थाहै नदिएर विद्यालयको पक्षमा काम गर्न चाहेको मालपोत बाराले हेटौंडा पुनरावेदनको परमादेश तथा उच्च अदालत जनकपुर अस्थाई इजलाश बिरगजंको निर्देशनात्मक आदेशबाट ०७७ मंसिर २५ गते रामप्रसाद महत्तो नुनियाको नाममा नामसारी गरेको भेटिएको हो ।
२०६६ साल देखी जारी अदालती प्रकृयाका बारे जैतापुरका अविभावकहरुले पत्तो समेत पाएनन् । मालपोतले श्रेस्ता कायम गर्न नमानेपछि मालपोत कार्यालय विरुद्ध २०६६ साल फागुन १८ मा नुनियाले पुनरावेदन अदालत हेटौंडामा मुद्दा गर्दा गराएका थिए । सो मुद्दामा सुनुवाई गर्दै विपक्षी मालपोत बाराका नाउँमा २०६७ असार २३ मा परमादेश जारी भएको देखिएको र विद्यालयको जमिन पुर्ण विद्यालयकै नाममा फिता ल्याउन सबैको साथ सहयोग जरुरी रहेको स्थानिए संचारकर्मी पुष्पराज खतिवडाले बताए ।

यसै विच जग्गाधनी सियादेवीको ०६७ श्रावण २१ मा मृत्यु भएपछि हकदारको नाममा मरुवा नामसारीका क्रममा मालपोतले नमानेपछि उच्च अदालतमा मालपोत बारा विरुद्ध अवहेलनाको मुद्दा हालेका नुनियाको पक्षमा निर्देशनात्मक आदेशबाट पति राम प्रसादले आफ्नो नाममा जमिन ल्याई काठमाण्डौका घिमिरेलाई बेचेको पाईयो ।

२०१७ सत्र सालमा विद्यालय स्थापना गरि त्यस्को केही बर्षपछि अविभावकहरुले विद्यालय संचालनका लागि जंगल फँडानी गरी सो ठाउँमा करिब ४ विगाह जमिन विद्यालयको बनाएका थिए । सो १ विगाह २ कठ्ठा बाहेकको जमिन भोगमा समेत छैन । कसले खायो खोजी गर्दैछौं । दुःख गरेर ज्यान हत्केलामा राखेर पितापूर्खाले जुटाएको सम्पती कुनै हालतमा फिर्ता ल्याउन प्रयास गरिने चौधरीले बताए ।सो जमिन कसैले मेरो भनेर आए स्थानियले त्यसै नछाड्ने उनको भनाई थियो । विद्यालयको हकभोगमा रहेको जमिन दुसित ढंगले ब्यक्तिको नाममा गएकाले फर्काउनु पर्ने स्थानिएको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय