राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ पुगेकी छन् । अवलोकन भ्रमणका लागि उनी आज सेनाको हेलिकप्टरमार्फत मनाङ गएकी हुन् । राष्ट्रपति भण्डारीले गत असारको वर्षाले मनाङका केही क्षेत्रमा भएको क्षति र बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

उनले ‘मनाङमा सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ । राष्ट्रपति भण्डारीले आज अवलोकन गर्ने स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो ।

यो फार्म मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङमा पर्छ । जलवायु परिवर्तनका कारण हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाबारे पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ । मनाङमा गत असारको बाढीपहिराले यातायात, विद्युत् गृह लगायतका क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय