सर्वोच्च अदालतमा आजवाट बन्दी प्रत्यक्षीकरणका मुद्दाको पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र आन्दोलनरत न्यायाधीशको वार्ता टोलीबीच भएको सहमतिअनुसार बन्दी प्रत्यक्षीकरणका छ वटा मुद्दाको मात्रै पेशी तोकिएको हो । अन्य मुद्दाको सुनुवाई स्थगित गरिएका छन ।

आइतबार न्यायाधीशहरुले राणासँग वार्ताका लागि न्यायाधीश सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता टोली गठन गरेका थिए । टोलीले आईतबार नै प्रधानन्यायाधीश राणासँग छलफल गरेको थियो । वार्ता टोलीले प्रधानन्यायाधीश राणालाई इजलासमा नबस्न र बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पेशी नतोक्न आग्रह गरेका थिए ।

सोही अनुसार आज राणाले बन्दीको निवेदनबाहेकका मुद्दाको पेशी नतोकेका हुन । विवाद समाधानका निम्ति मध्यमार्गी बाटोका रुपमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ गरेर अघि बढ्ने र समस्या समाधानका लागि संवादको प्रक्रिया सुरु भएको बताइएको छ । आन्दोलनरत न्यायाधीशहरु बन्दीको निवेदनको सुनुवाइका लागि आजैवाट इजलासमा फर्केका छन ।

उनीहरुले विगत एक सातादेखि अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका थिए । उनीहरुले विवादमा आएका प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन ।

बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशहरु पुनः छलफलमा बस्ने बताइएको छ । प्रधानन्यायाधीसले आइतबार सम्मानजनक बहिर्गमन चाहेको जानकारी गराएपछि दुबै पक्ष छलफलमा जुटेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय