कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन् ।आइतवार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रधानमन्त्री खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अविलम्ब सम्पन्न गरि संचालनमा ल्याउन निर्देशन दिएका हुन् ।

कार्यवाहक प्रधानमन्त्री खाँणले बुद्धको उपदेशलाई संसारभर पु¥याउन र आफ्नो जिवनमा अनुशरण गर्न सबै संवेदनशील हुन आग्रह पनि गरे । उनले नेपाल भौगोलिक, धार्मिक, भाषिक, सामाजिक र सांस्कृतिक विविधता हुनु नेपालको लागि सम्पदा रहेको उल्लेख पनि गरे ।कार्यक्रममा उनले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानहरुलाई सरकारले राहत दिने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय