गुल्मीको कालीगण्डकी नदिमा मलामी गएका एक युवा नुहाउने क्रममा डुबेर बेपत्ता बनेका छन् । बेपत्ता हुनेमा गुल्मीको चन्द्रकोट गाउँपालिका ८ वर्ष १९ का शंकर पौडेल रहेका छन् ।

उनी चन्द्रकोट गाउँपालिका ७ का थानेश्वर न्यौपानेको मलामी गएको अबस्थामा आईतबार अपरान्ह सत्यबती गाउँपालिका १ अन्र्तगत रुद्रबेणी स्थीत कालीगण्डकी नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनु भएको छ ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय जोहाङ्बाट प्रहरी सहायक निरिक्षक लक्ष्मण बिकको नेतृत्वमा चारजना र ईलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरिक्षक सुबराज बमको नेतृत्वमा ७ जना गरि ११ जनाको प्रहरी टोली घटना स्थलमा पुगि पौडेलको खोजी कार्य गरिरहेको छ । खोला केही धमिलो र गहिरो भएका कारण खोजी कार्यमा पनि समस्या परेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय