विश्वकै ठूलो साउदी तेल कम्पनी अरामकोले पछिल्लो ३ महीनामा झण्डै ३१ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ । आइतबार साउदी तेल कम्पनी अरामकोले पछिल्लो त्रैमासिकमा कुल ३० अर्ब ४० करोड अमेरिकी डलर आम्दानी गरेको जानकारी दिएको छ ।

विश्व बजारमा तेलको मूल्य बढ्दा र कोभिड महामारी सहज बनेर पुनःमाग बढ्दा कम्पनीको त्रैमासिक आम्दानी बढ्न पुगेको हो । यो वर्षको तेस्रो त्रैमासिकमा अरामकोको आम्दानी १५८ प्रतिशतले बढेको रोइटर्सले जनाएको छ । जबकी अघिल्लो वर्ष सोही त्रेमासिकमा अरामकोले केबल ११ अर्ब ८० करोड अमेरिकी डलर कमाइ गरेको थियो ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको कारोबार प्रति ब्यारेल ८३ भन्दा बढीमा भइरहेको छ । पछिल्लो समय कोभिड १९ का कारण लगाइएका प्रतिबन्ध खुकुलो हुँदै गएपछि उपभोक्ता र कम्पनीले थप ग्यास तथा हवाई इन्धन प्रयोग गर्न थालेकाले बजारमा इन्धन माग बढ्न पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय