बारामा प्रतिबर्ष लागुऔषधको कारोवार बढ्दै गइरहेको छ । पूर्व–पश्चिम लोकमार्गको ५६ किमी र त्रिभुवनराजपथको ३२ किमी खण्ड ओगटेको बारा जिल्लामा राजमार्ग हुँदै लागुऔषध ओसारपोसार वर्षेनी बढिरहेको प्रहरी तथ्यांकले देखाएको हो ।

तीन वर्षको अवधिमा जिल्लामा लागुऔषधको मुद्दा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । पछिल्लो समय लागुऔषध कारोवारी पक्राउ परेको तथ्याङ्कले बारा लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ का रुपमा प्रयोग हुँदै आएको देखिएको छ ।

जिल्लामा दर्ता हुने कूल मुद्दामध्ये लागुऔषधको मुद्दा तेश्रो स्थानमा रहेको छ भने प्रहरीले लागुऔषध प्रयोगकर्ता पक्राउको क्रमले पनि जिल्लामा लागुऔषध प्रयोगकर्ता बढिरहेको देखाएको छ । लागूऔषध सेवनकर्ताको संख्यामा वृद्धि भई स्थानीयस्तरमा आपराधिक मनोवृत्ति हाबी हुँदै गएकोमा सर्वसाधारणले चिन्ता समेत प्रकट गरेका छन ।

सीमावर्ती बिहारका बजारबाट लुकाइछिपाई लागूऔषध बारा भित्र्याउने गरिएको छ । त्यसपछि तस्करहरुले राजधानी लगायत मुलुकका विभिन्न ठाँउमा पु¥याउने गरेका छन । बाराबाट ठुलो परिणाममा गाँजा भारततर्फ समेत जाने गरेको छ ।

नेपालमा प्रतिबन्धित लागू औषधहरू भारतका सीमावर्ती बजारहरूमा खुलमखुला रूपमा खरिदबिक्री हुनु र खुला सीमाका कारण यसको कारोबारमा नियन्त्रण गर्न प्रहरीलाई समेत टाउको दुखाइ बनेको छ । लागुऔषध नियन्त्रणका लागि बारा प्रहरीले लागुऔषध न्यूनीकरणका लागि सचेतना कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

बारामा फेनारगन, डाइजिल्याब, नोफिन, लुपिजेसिक, नाइट्राजेपाम, नाईट्रोसन, कोरेक्स, नाइट्राभेट, स्पास्मो पेरिमोन, डाइलेक्स डीसी र गाँजा बरामद हुने गरेको छ । नेपालबाट भारत लैजादै गरेको अवस्थामा गाँजा, चरेस, अफिम पनि बरामद हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय