लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भुमिका महत्वपुर्ण रहेको बताएका छन ।

भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा सहभागिताको लागि जनकपुरको मिथिला नाट्य कला परिषद्का कलाकारहरुको विदाई कार्यक्रममा बोल्दै महतोले सो कुरा बताएका हुन ।

उनले नेपाल भारतबिचको संस्कृतिले सम्बन्धलाई बलियो बनाउने काम गरेको पनि उल्लेख गरे । वरिष्ठ नेता महतोले सीता बिना सम्पुर्ण रामायण नै अपुरो रहेको भन्दै रामायणले नेपाल–भारतको सम्बन्धलाई जोड्नमा सेतुको काम गरेको बताए ।

नेता महतोले मिथिलाको कला क्षेत्र पौराणिक काल देखि नै उन्नत रहेको बताउँदै यसको विकासमा आफनो तर्फबाट हुने सबै प्रकारको सहयोग गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय