इलाका प्रहरी कार्यालय कोहलपुरले चितुवाको हड्डी र एकथान छाला सहित तीन जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वड नं ११ स्थित सागर गेष्टहाउसमा बसेका सुर्खेतका २ जना र बाँकेका १ जनालाई चितुवाको छाला र हड्डी सहित कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको हो।

सागर गेष्ट हाउसमा चितुवाको हड्डी र छालाको कारोबार भैरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलिले पण्चपुरी नगरपालिका ७ सुर्खेतका बर्ष २८ का वसन्त बिसि, वर्ष २४ का रमेश बयक र राप्तीसोनारी गाउँपालिका ९ का हिरासिंह बिकको साथबाट एक थान चितुवाको छाला र एक किलो ४० ग्राम हड्डी सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक डिसपी रबिन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय