राज्यले व्यापार व्यवसाय संचालनको लागि निश्चित मापदण्ड बनाएको हुन्छ । विधि र प्रक्रियाभन्दा बाहिर जाने कसैलाइ पनि छुट हुँदैन । तर बागलुङमा बजारमा पेट्रोलपम्प संचालक गैर जिम्मेबार हुँदा कुनै पनि बेला दुर्घटना निम्तिने खतरा देखिएको छ ।

बागलुङ सदरमुकाममा एक ब्यबसायीले सरकारलाई चुनौति दिदै बागलुङ नगरपालिकाको स्वीकृत बिपरित ६ तले घर र सोही घर भित्रै पेट्रोल पम्प समेत संचालनमा ल्याएका छन् । जैमिनी नगरपालिका–१ का स्थाइ घर भएका व्यवसायी हरिबाबु सापकोटालाई बागलुङ नगरपालिकाले पटक–पटक पत्र लेख्दै मापदण्ड अनुसारको घर बनाउन आग्रह गर्दा त्यसको बेवास्ता गर्दै सापकोटाले मापदण्ड विपरितको घर बनाएका हुन् ।

उनले नगरबाट भवनको नक्सा पास नै नगराई घर बनाएका छन् । त्यति मात्र होइन उनले अनुमति नलिइ त्यहि घरमा पेट्रोल पम्प र होटल पनि समेत संचालन गरेका छन् । पेट्रोल पम्प जस्तो संवेदनशील व्यवसाय संचालन गर्दा सुरक्षा मापदण्डको समेत ख्याल नगर्दा जुनकुनै वेलो ठुलो दुर्घटना हुने देखिएको छ ।

आम उपभोक्ताको सुरक्षालाई नै चुनौति दिँदै पम्प सञ्चालन भईरहँदा बजारभित्रै रहेका स्थानीय सरकार, प्रहरी, प्रशासन मौन रहनु आफैमा लज्जास्पद रहेको कानुन व्यवसायीको भनाइ छ ।

त्यसरी घर निर्माण गर्नु स्थानीय सरकार संञ्चालन ऐन २०७४, भवन निर्माण आचारसँहिता २०७२को बर्खिलापमा हुने भन्दै मापदण्ड विपरितका संरचना हटाउन नगरले पटक पटक पत्राचार गरेको जनाएको छ ।

पेट्रोलपम्प संचालनको छुट्टै मापदण्ड हुन्छ । तर सामान्य मापदण्ड पनि पुरा नगरि संचालन गरिदा यसले निम्त्याउन सक्ने खतराको बारेमा बेलैमा सोच्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय