नेपालमा आज सुनको मूल्य प्रतितोला ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला ९२ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला ९१ हजार ९००मा कारोबार भएकोे थियो ।

यसैगरी शुक्रबार चाँदी बिहिबारको तुलनामा प्रतितोला पाँच घटेर एक हजार २४५ कायम भएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो ।

छापावाल सुन यो साताको मङ्गलबार अधिकतम रु ९२ हजार ६०० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय