जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनस्वास्थ्यमा प्रतिकूल हुने खालका कुनै पनि खाद्यबस्तुको बिक्रीवितरण नगर्न व्यापारीहरुलाई कडा निर्देशन दिएको छ । बुधबार नक्सालस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गर्न गएको अनुगमन टोलीले वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको मापदण्ड अनुसार मात्रै खाद्य बस्तुहरुको विक्रीवितरण गर्न व्यापारीहरुलाई सचेत गराएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले चाडपर्वको अवसर पारेर खाद्य बस्तुजस्तो संवेदनशील विषय बस्तुमा जोड दिएर बजार अनुगमनको कामलाई तीव्रता दिइएको स्पष्ट पारेको छ । अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधि र वाणिज्य विभागका प्रतिनिधिहरु पनि सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय