नेपाली काँग्रेस १४ महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि ३० गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो ।

काँग्रेस निर्वाचन समितिका अनुसार वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुनेछ । त्यस्तै ३० गते पालिका अधिवेशन हुने छ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको निर्वाचन समितिले जनाएको छ । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय