पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले प्रधानन्यायधीश चोलेन्द्र शम्सेर राणालाई आफूमाथि लागेका आरोपहरुको स्वतन्त्र छानबिनका लागि अनुसन्धान अवधिभर बिदामा बस्न सुझाव दिएका छन् ।

संचारकर्मीसंग कुरा गर्दै पूर्वप्रधानन्यायाधीश पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीशले निकास दिन जरुरी रहेको बताए । उनले अहिले प्रधानन्यायाधीशले गरिरहेको क्रियाकलाप जायज हो वा होइन भन्ने कुरा राजनीतिक पार्टीले बुझ्न आवश्यक रहेको बताए ।

पराजुलीले प्रधानन्यायाधीशको कुराहरु निष्पक्ष छ वा छैन भन्ने कुरा जाँच गरेर हेर्नुपर्ने बताए । उनले अहिले सुझबुझको बेला भएको भन्दै हुल र गुटले नभई विधिसम्मत र न्यायसम्मत ढंगले सवै राजनीति दलले छलफल गरेर एउटा निकास लिन सक्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय