नेपालमा थप ६ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार १ सय ६७ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ८२ र २ हजार ३ सय २८ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३८० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ९५ जना संक्रमणमुक्त हुँदा हालसम्म संक्रमित भएकामध्ये ७ लाख ८९ हजार १ सय २० जना कोरोना मुक्त भएका छन् ।हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय