विद्युत नियमन आयोगले बिद्युत महसुल घटाएको छ । मंसिरबाट लागु हुनेगरि २० युनिटसम्म विद्युत खपत गर्दा ३० रुपैयाँ मात्र महशुल लाग्ने भएको छ । यसबाट करिब २२ लाख ग्राहकले लाभान्वित हुने आयोगले दावि गरेको छ ।

विद्युत नियमन आयोगले विद्युत महसुल समायोजन गर्दै बुधबार नयाँ दर सार्वजनिक गरेको छ । मंसिरबाट लागू हुने महसुलदर अनुसार ५ एम्पियरको लाइन लिने सिङ्गल फेज घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा ३० रुपैयाँ मात्रै महशुल तिरे हुने भएको छ । मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकले लाभ लिने छन् । त्यसका लागि प्राधिकरणले वर्षमा ७५ करोड बराबर लगानी गनुपर्ने बताएको छ ।

अब महिनामा १ सय १ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महसुल पनि कम भएको छ । व्यवसाय सञ्चालनका लागि ४ सय भोल्टको थ्री फेजको लाइन लिने घरायसी ग्राहकले अब एक युनिटको वर्षातको समयमा साँढे १० रुपैया र हिउँदको समयमा साँढे ११ रुपैयाँ महसुल तिर्नुपर्ने छ । यसअघि प्रति युनिट ४ रुपैया ३० पैसा महसुल तोकिएको थियो ।

सिँचाइका ३३ केभीका ग्राहकले प्रतियुनिट साँढे २ रुपैयाँ महसुल तिर्नुपर्ने छ । यसअघि यो स्ल्याबमा प्रतियुनिट महसुल ४ रुपैया ८० पैसा महशुल थियो । सबैभन्दा बढी लाभ यसपटक सिँचाइ क्षेत्रका ग्राहकले पाएका छन् । उनीहरुको महसुल ८० प्रतिशतसम्म घटाइएको छ ।

अहिलेसम्म सिङ्गल फेजमा ५, १५, ३० र ६० एम्पियर गरी नौ वटा स्ल्याब राखेर महसुल लिँदै आएको छ । अब यस्तो स्ल्याबलाई ६ वटामा झारिएको छ । यसले इन्डक्सन चुल्होको प्रयोग गर्ने ग्राहकलाई थप सहुलियत मिल्ने आयोगको दावी छ ।

सिँचाइमा दिइएको सुविधाका लागि प्राधिकरणले वर्षमा ५६ करोड योगदान गर्नुपर्ने छ । विपन्न नागरिकलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्कमात्र लाग्ने गरी निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय