सिरहाको धनगढीमाई नगरपालिकामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।मृत्यु हुनेमा धनगढीमाई नगरपालिका– ५ जयपुरका प्रकाश कामैतकी ११ वर्षीया छोरी करिश्मा कुमारी कामैतको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

तिहार नजिकिँदै गर्दा घर लिपपोत गर्न माटो लिन गाउँदेखि करिब दुई सय मिटरको दूरीमा रहेको माटो लिने ठाउँमा माटो निकाल्दै गर्दा उनको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले उद्धारको प्रयास गरे पनि बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ढिस्कोमा परी ममतादेवी कामैत, सात वर्षीया सरिता महतो, सात वर्षीया सविता यादव, १० वर्षीया रुवि कामैत र २६ वर्षीया सीता देवी कामैत घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।

ढिस्कोमा परी गम्भीर घाइते सवितालाई थप उपचारका लागि विराटनगर पठाइएको छ, भने अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय